गल्ती थिएन मेरो दोष तिमीलाई लगाउनु
सोच्नु त यौटा आभाष थियो ।
मेरो सोचाईलाई दोषि ठान्नु
त्यो त तिम्रै सोचाईको दोष थियो ।।

कतै मन दुख्यो भने मेरो भनाईले
एउटा भूल सम्झी मलाई माफ दिनु
नबुझे त्यतीले तिम्रो चित्त भने
सयौं जूनीको मलाई श्राप दिनु ।

कोमल मन बुझाउंदै हरपल
आंशुको घुट्को म पिउंला
दुखेको यो मुटु रुवाउंदै हरक्षण
एक्लै एक्लै म जिउंला
साबु गदाल कार्की{साबुरवि}/स्थान(हालको) :- डेन्भर , कोलोराडो